पहिरोमा बेपत्ता महिलाको शव फेला
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङमा पहिरोमा परी बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ ।
शुक्रबार गएको पहिरोले केही घरमा क्षति पुर्याएको थियो । सोही क्रममा पहिरोमा परी ५९ वर्षीया कृष्णकुमारी सारु बेपत्ता भएकी थिइन् ।
खोजी गर्ने क्रममा शुक्रबार साँझ सारुको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव उद्धार गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्