पाल्पामा खोलाको भेलले घर बगाउँदा तीन जना बेपत्ता
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३ मा खोलामा आएको भीषण भेलले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् ।
आज बिहान करिब ५ बजे अचानक आएको भेलले घर डुबाएपछि करिब ७० वर्षीय लिलबहादुर घर्ती मगर तथा उनकी छोरीहरू करिब १५/१६ वर्षीया झरना घर्ती मगर र दिना घर्ती मगर बेपत्ता भएका हुन् ।
घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य सुरु गरेको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्