तपाईँ सुन्दै हुनुहुन्छः

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण ठाडो खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

अविरल वर्षापछि जिल्लाको निसीखोला–४ स्थित ठाडाखोलामा आएको लेदोसहितको बाढीका कारण आज साँझदेखि लोकमार्ग अवरुद्ध भएको हो । 

निसीखोला गाउँपालिकाको अध्यक्ष सूर्य घर्तीमगरले लोकमार्गमा सानो खोलाबाट आएको बाढीले क्षति पुर्‍याएपछि आवागमन ठप्प भएको जानकारी दिनुभयो । 

सडकको लेदो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बागलुङ र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयसँग समन्वय भए पनि निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button