भोटेकोशी विपद् स्थानीय त्रासदी मात्र नभई विश्वकै लागि चेतावनी: प्रधानमन्त्री शाह
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको भोटेकोशी नदीमा आएको बाढी नेपालका लागि मात्र नभएर विश्वकै लागि गम्भीर चेतावनी भएको बताउनुभएको छ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज बिहान सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शाहले भन्नुभयो, “साताअघि, विश्वले नेपालको हिमाली समुदायमा तीव्रताका साथ आएको बाढीको भयावह दृश्य देख्यो, जसलाई धेरैले ‘हिमालयन सुनामी’ भनेका छन् । भोटेकोशी–त्रिशूली विपद् स्थानीय त्रासदी मात्रै थिएन, यो विश्वकै लागि पनि एउटा चेतावनी थियो ।”
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले महासभामा उपस्थित विश्वभरका नेताहरूसामु प्रश्न गर्नुभयो, “म आज तपाईँहरूसँग सोध्न चाहन्छु– के हामीले साँच्चै त्यो चेतावनी सुनेका छौँ?”
उहाँले करिब तीन वर्षअघि, संयुक्त राष्ट्रसङ्घका महासचिवले नै नेपालको सगरमाथा क्षेत्रमा उभिएर विश्वको छानोका रुपमा रहेको हिमाल पग्लँदै गएको र त्यसले विश्वलाई नै जलवायु परिवर्तनको खतराको सन्देश दिइरहेको बताउनुभएको प्रसङ्ग पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “तीन वर्षअघि महासचिवले हाम्रो सगरमाथा क्षेत्रमा उभिएर नजिकिँदै गरेको जलवायु विपत्तिको भयावह अवस्थाबारे मानवतालाई चेतावनी दिनुभएको थियो । विश्वको छानोबाट आएको त्यो चित्कार बुलन्द रूपमा सुनिएन । हामीले नेपालमा सुन्यौँ, हाम्रो समुदायले सुन्यो । विश्वभरका वैज्ञानिकले सुने । उनीहरूले प्रमाणसहित त्यसलाई दोहोर्याइरहे । तर हामी विश्वका राजनीतिक नेतृत्वले त्यो चेतावनीलाई कार्यान्वयनमा बदल्न बेवास्ता ग¥यौँ ।”
त्यसैको दुःखद् परिणाम नेपालले गत महिना भोटेकोशीको बाढीका रुपमा भोगेको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्री शाहले जोखिममा रहेका मानिसको आवश्यकताअनुसार तीव्र गतिमा तात्दै गरेको जलवायुले नाजुक हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाएको बताउनुभयो ।
प्रधानमन्त्रीले हिउँले जमेको माटो पग्लँदा हिमालको भिरालो भू–भागमा चिरा परेका तथा हिमचट्टानसहितको पहिरो, बाढीलगायत शृङ्खलाबद्ध जोखिम बढिरहेको पनि स्पष्ट गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्