तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोसी बाढी: माथिल्लो त्रिशूली-१ को टनेलभित्र ११ जनाको शव फेला, खोजी जारी

काठमाडौँ। रसुवास्थित भोटेकोसीमा गत भाद्र १० गते आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएकाहरूमध्ये ११ जनाको शव फेला परेको छ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा आज आयोजनाको अडिट-३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शवहरू फेला पारेको हो।  

नेपाली सेनाका अनुसार बाढीमा परी अझै सम्पर्कविहीन रहेका अन्य व्यक्तिहरूको खोजी कार्य तीव्रताका साथ जारी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button