इभी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा दुर्घटनामा परेको ईभी गाडीका मृतक र घाइतेहरूको पहिचान खुलेको छ । मङ्गलवार दिउँसो २ बजे काठमाण्डौबाट हेटौडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको ईभी गाडी सडकबाट करिब एक हजार मिटर तल खसी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चार जना घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेहरूमा नवलपरासीको पूर्व कावासोती नगरपालिका–१ का २४ वर्षीय नर बहादुर सिंह ठकुरी (साथमा रहेको पासपोर्ट/नागरिकताको आधारमा खुलेको), धनुषाको धनुषाधाम नगरपालिका–४ का ४३ वर्षीय सुरज भट्टराई (साथमा रहेको नागरिकता र राष्ट्रिय परिचय पत्रको आधारमा खुलेको ), पर्साको छिपहरमाइ नगरपालिका–२, टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह कानु (राहदानी) र बाराका लिप्निमाल, परवानिपुर–३ का ३२ वर्षीय सरफरोस मियाँ रहेका छन् ।
त्यस्तै दुर्घटनामा परि घाइते हुनेहरूमा चालक बाराको कलैया उपमहानगरपालिका–२४ बस्ने वर्ष २० का अमिर अन्सारी, हेटौडा उपमहानगरपालिका–११ बस्ने बर्ष २३ कि कल्पना तामाङ, मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार स्याङतान र बाराको महागढीमाई नगरपालिका–११ बस्ने २१ वर्षिया बबिया कुमारी यादव रहेका छन् । घाइते मध्ये अन्सारी, तामाङ र स्याङतानलाई उपचारका लागि काठमाडौँ स्थित ट्रमा सेन्टर पठाइएको तथा यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्