‘ए नदी ए हिमाल’ गीत सार्वजनिक
काठमाडौँ I रसुवाको भोटेकोशी नदीको बाढीले पारेको क्षति र पीडा समेटिएको ‘ए नदी ए हिमाल’ गीत सार्वजनिक भएको छ।
डी. डी. पन्तको शब्द रहेको यस गीतले जलवायु परिवर्तन, अव्यवस्थित विकास र नदी दोहनका असर उजागर गर्दै विस्थापित तथा प्रभावित परिवारको वेदना प्रस्तुत गरेको छ। सुनोडटकम (Suno.com) मार्फत स्वर र सङ्गीत तयार गरिएको यस गीतको भिडियो सम्पादन सुभाष पन्तले गर्नुभएकाे हाे ।








प्रतिक्रिया राख्नुहोस्