पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
ललितपुर । किष्ट अस्पताल ललितपुरले पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
किष्ट टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाले विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई ‘डिस्चार्ज’ गरिएको बताउनुभयो । बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी हुन् ।
सफल प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर तथा सन्तोषजनक रहेको अस्पतालले जनाएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्