तपाईँ सुन्दै हुनुहुन्छः

एनभिएल : अन्नपूर्ण स्पाइकर किङ्सद्वारा खप्तड फाल्कन्स पराजित

काठमाडौँ । काठमाडौँमा जारी नेपाल भलिबल लिग (एनभिएल) को खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई पराजित गरेको छ ।

यो खेलमा हार बेहोर्दै खप्तड फाल्कन्स भने प्रतियोगिताबाट बाहिरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा ३–० को सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किंग्सको यो तेस्रो जित हो । जितसँगै अन्नपूर्ण किंग्स ४ खेलबाट ९ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको अन्नपूर्ण किंग्सले दोस्रो खेलमा काठमाडौँ रेड्स र तेस्रो खेलमा मधेश वारियर्सलाई पराजित गरेको थियो ।

यता लगातार चार हारसँगै खप्तड फाल्कन्स प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ । खप्तड फाल्कन्स यसअघि पहिलो खेलमा सगरमाथा स्म्यासर्स, दोस्रो खेलमा कर्णाली शिवराज र तेस्रो खेलमा मधेश वारियर्ससँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो । जारी प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button