तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा गौरापर्वको रौनक जारी: फोटो फिचर

बैतडी। बैतडीसहित सुदूरपश्चिमभरि नै अहिले गौरा पर्वको ठूलो रौनक छाएको छ। यहाँका विभिन्न शक्तिपीठहरूमा गौरा मनाउने क्रम निरन्तर जारी छ।

भदौ १९ गते दुर्वाष्टमीका दिनदेखि सुरु भएको गौरा पर्व स्थानीयले उत्साहका साथ मनाइरहेका छन्।

गौरा पर्व विशेषगरी एक हप्तादेखि १० दिनसम्म मनाउने परम्परा छ। यस अवसरमा स्थानीयवासीले विभिन्न मन्दिरहरूमा बाजागाजाका साथ नेजा र ध्वजा चढाउने गर्दछन्।

पर्वको मुख्य आकर्षणका रूपमा महिला र पुरुषले छुट्टाछुट्टै गोलो घेरा बनाएर देउडा खेल्ने गर्छन्। देउडामा परम्परागत रूपमा फाग, चैत र धमारी गाउने चलन रहे तापनि पछिल्लो समय समसामयिक विषयवस्तुमा आधारित व्यङ्ग्यात्मक गीत गाएर रमाइलो गर्ने क्रम पनि बढेको छ।

दुर्वाष्टमीका दिनदेखि सुरु भएको यो पर्व ठाउँ अनुसार फरक-फरक दिनमा विसर्जन गर्ने गरिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button