अर्थ समितिद्वारा सुझाव सहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको आजको बैठकले रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन र विश्लेषण गरी असोज २ गतेसम्म सुझाव सहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको छ ।
समितिले सुझाव सहितको प्रतिवेदनका लागि सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट, अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सरकारबाट हालसम्म भएका उद्धार, राहत वितरण तथा पुनस्थापनाका प्रयास र विपद्बाट समग्र अर्थतन्त्रमा परेको क्षतिका बारेमा समितिलाई जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्