तपाईँ सुन्दै हुनुहुन्छः

एनभिएल : अन्नपूर्ण स्पाइकर किङ्सको लगातार दोस्रो जित

काठमाडौँ । काठमाडौँमा जारी नेपाल भलिबल लिग (एनभिएल)मा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गर्दा मधेश वारियर्सले फेरि पराजय बेहोरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा अन्नपूर्णले मधेशलाई ३–१ को सेटमा हरायो ।

मधेशले पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१ को हार बेहोरेको थियो । शनिबार दोस्रो खेलमा मधेश काठमाडौँ रेड्ससँग ३–२ ले हार्‍यो ।

अन्नपूर्णले आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ को पराजय बेहोरेको थियो । त्यसपछि आइतबार अन्नपूर्णले काठमाडौँ रेड्सलाई ३–० ले हरायो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button