तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर युवकको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको चट्याङ लागेर मृत्यु भएको छ ।

कोशी गाउँपालिका-६ का २६ वर्षीय पप्पु यादव भैँसी चराउन गएका बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिनुभयो । 

यादवलाई सोमबार बिहान चट्याङ लागेको हो  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button