टेलिकमद्वारा बाढीबाट प्रभावित थप तीन वटा साइट सुचारु
काठमाडौँ । नेपाल टेलिकमले आज मिति २०८३–०५–१६ मा बाढीबाट प्रभावित थप तीन वटा साइट सुचारु गरेको छ । आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट सुचारु भएका छन् ।
कल्लेरी साइटबाट आदमघाट, पिपलटार, सुनौला बजार, घुमाउने डाँडा, कल्लेरी, बेल्टार आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।
भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी, रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली, भुवानीवेशी आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।
यससँगै अब प्रभावित १२० साइट मध्ये ११३ साइट सञ्चालनमा आएका छन् । यसबाट लगभग पहिले उपलब्ध सबै स्थानमा नेटवर्कको पहुँच पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्