तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभाअधिवेशन अन्त्य

तुलसीपुर (दाङ)।लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको हो।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो।

प्रदेशसभाको आठौँ अधिवेशन गत वैशाख १७ गतेदेखि सुरु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button