तपाईँ सुन्दै हुनुहुन्छः

रसुवाको बाढीपहिरोप्रति युएईद्वारा दुःख व्यक्त

काठमाडौँ। रसुवामा आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालप्रति ऐक्यबद्धता जनाउँदै दुःख व्यक्त गरेको छ।

युएईको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा परी दर्जनौँ मानिसको मृत्यु, घाइते तथा बेपत्ता हुनुका साथै ठूलो भौतिक क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरेको हो।

मन्त्रालयले विपद्बाट ज्यान गुमाएकाहरूका परिवार, नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button