तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार विकास समिति बैठक: बागमती सौन्दर्यीकरणबारे छलफल


काठमाडौँ I प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा  बागमती व्युटिफिकेशनका सम्बन्धमा छलफल भएको छ । 

बैठकमा सांसदहरू राजुनाथ पाण्डे, बासना थापा, प्रदीप विष्टलगायतले काठमाडौँ उपत्यका भएर बग्ने बागमती नदी र त्यसका सहायक नदीहरूको किनारालाई सफा र स्वच्छ बनाउने समयमै सम्पन्न गरिनुपर्नेमा जोड दिनुभयो । 

बागमती सफाइ अभियानका नाममा स्रोत साधनको दुरुपयोग भएको भन्दै सांसदहरूले नदी किनारामा तटबन्ध, कोरिडोर सडक, पार्क र हरित क्षेत्र निर्माणमा ढिलाइ भएको भन्दै सांसदहरूले सरकारले परिणाम देखिने गरी काम गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष डा आनन्द सिंह भाटले बागमती नदी सफाइको काम निरन्तर भइरहेको, खोला किनारालाई हरियाली बनाउने र नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माणलाई तीव्रता दिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button