छ सय साठी किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौँ I नियमित गस्तीमा रहेको प्रहरी टोलीले ६६० किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार लालबन्दी नगरपालिका–१४ का ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङलाई बुधवार अपराह्न पक्राउ गरिएको हो ।
शङ्का लागेर प्रहरी टोलीले नरबहादुरको घरमा तलासी गर्दा २६ वटा बोरामा राखिएको ५६० किलो तथा जेसुनमायाको गोठमा राखिएका चारवटा ड्रममा १०० किलो गाँजा फेला पारेको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्