तपाईँ सुन्दै हुनुहुन्छः

युरोपियन युनियनको कालो सूचीबाट नेपाललाई हटाउन सरकार दृढताका साथ लागिरहेको छ : मन्त्री पौडेल 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले युरोपियन युनियनको हवाई उडान सुरक्षा सूची अर्थात् कालो सूचीबाट नेपाललाई हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा आज भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री पौडेलले नेपालको उडान सुरक्षाप्रतिको प्रतिबद्धता, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन, नियामकीय क्षमताको अभिवृद्धि, संस्थागत सुधार र युरोपेली सङ्घसँगको संवादका आधारमा नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट हटाउन दृढताका साथ अगाडी बढिरहेको बताउनुभयो । 

उहाँले हवाई सुरक्षाको संस्थागत सुधारका लागि नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रुपमा विशिष्टीकृत गरी छुट्टाछुट्टै संस्थाका रुपमा संरचना स्थापना गर्ने सन्दर्भमा आवश्यक विधेयक तर्जुमा गरिसकेको जानकारी गराउनुभयो ।

पर्यटनमन्त्री पौडेलले कोशी प्रदेश र कोशी प्रदेशका विभिन्न २९ वटा स्थानीय तहहरूसँगको सहकार्यमा पर्यटन पूर्वाधार विकास आयोजना सञ्चालन गरिरहेको कन्याम फिकल र अन्तु डाँडा क्षेत्रमा हिल स्टेसन निर्माण, विकास र विस्तार समेत गरी कुल चार करोड ९५ लाख रकम विनियोजन गरिएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button