तपाईँ सुन्दै हुनुहुन्छः

‘विधायिकी अन्तरसम्बन्ध समन्वय नहुँदा तहगत कानून निर्माणमा समस्या’

काठमाडौँ । राष्ट्रियसभाका  सांसदहरुले विधायिकी अन्तरसम्बन्ध समन्वय नहुँदा तहगत कानून निर्माणमा समस्या देखिएको बताउनुभएको छ । 

विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा सांसदहरु कृष्णप्रसाद सिटौला, रामकुमारी झाँक्री, सुरेश आलेमगर, रेनु चन्द, डा. अन्जान शाक्य, राजेन्द्रलक्ष्मी गैरे लगायतले संघ, प्रदेश र स्थानीय तहले साझा अधिकार सूचीभित्र रहेर कानुनहरू बनाउने क्रममा तीनै तहबीच परामर्श नहुँदा समस्या बढेको बताउनुभयो । 

संविधानको अनुसूचीमा तोकिएका एकल तथा साझा अधिकार प्रयोग गर्न तीनै तहका सरकारहरू अलमलमा देखिएको भन्दै सांसदहरुले कुनै पनि तहले कानून बनाउँदा अर्को तहको अधिकार क्षेत्रमा हस्तक्षेप नगरी सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा संविधान विज्ञ डा खिमलाल देवकोटाले नेपालको सन्दर्भमा सङ्घीयताको अभ्यास नयाँ भएकाले छिमेकी मुलुकका अभ्यासबाट पनि राम्रा कुराहरू सिक्न सकिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button