तपाईँ सुन्दै हुनुहुन्छः

तीन दिन भारी वर्षा हुने प्रक्षेपण, सचेत रहन प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यून चापीय प्रणाली भारतबाट पश्चिम नेपालतर्फ आइरहेकाले आज रातीबाट भोली र पर्सी सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना हुँदा सर्तक रहन आग्रह गरेको छ । 

प्राधिकरणले आज पत्रकार सम्मेलन आयोजना गरी जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका आधारमा  भारी वर्षा हुने स्थानमा सर्तक रहन सूचना जारी गरेको र ६०० जना भन्दा बढीलाई खोज उदरका लागि तयारी अवस्थामा राखिएको जनाएको हो । 

प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले वर्षा हुने पद्धति परिवर्तन भएका कारण पहाडी भागमा बढी पानी परेको र पहिरोका कारण जनधनको क्षति भएको जानकारी दिनुभयो । 

यस वर्ष मनसुन भित्रिएको दुई महिनाको अवधिमा देशभर बाढी, पहिरो, डुबानजस्ता एक हजार तीन सय ७२ वटा मनसुनजन्य घटना भएको प्राधिकरणले जनाएको छ । 

यस अवधिमा जाजरकोट, रोल्पा, बाजुरा लगायतका स्थानमा भएका मनसुनजन्य घटनामा ६० जनाको ज्यान गएको र ८ जना अझै बेपत्ता अवस्थामा रहेका प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button