तपाईँ सुन्दै हुनुहुन्छः

 सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ I स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजार ६०० र चाँदी रु ५० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन रु तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ६६० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button