तपाईँ सुन्दै हुनुहुन्छः

गमगढीमा झण्डै दुई सातापछि खानेपानी सुचारु

मुगु । अविरल वर्षाका कारण खानेपानीको पाइपलाइनमा क्षति पुगेपछि झण्डै दुई सातादेखि खानेपानीको समस्या झेल्दै आएका गमगढी बजारवासीले शुक्रबारदेखि नियमित खानेपानी पाउन थालेका छन्।

साउन १८ गते छायाँनाथ रारा नगरपालिका–७ स्थित किउरी भीरमा पहिरो जाँदा खानेपानीको पाइपलाइन बगाएपछि गमगढी बजारका करिब ४ सय ५० घरधुरी खानेपानीबाट वञ्चित भएका थिए।

पाइपलाइन मर्मत गरी पानी सञ्चालनमा ल्याएपछि शुक्रबारदेखि बजारमा खानेपानी आपूर्ति सुचारु भएको हो। लामो समयसम्म खानेपानीको समस्या भएपछि स्थानीयवासीलाई दैनिक उपभोगका लागि पानी जुटाउन निकै कठिन भएको थियो।

पाइपलाइन मर्मत भएसँगै बजारवासीलाई खानेपानीको समस्या केही सहज भएको छ । लगातारको बर्षाको कारण पहिरो गएको ठाउँमा पाइप जडान गर्न अप्ठ्यारो भएको  केही    समय  खानेपानी  आपूर्तिमा ढिलाई भएकोमा गमगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोरख बहादुर मल्लले बताउनु भयो।   पहिरो जानेक्रम नरोकिएकाले   फेरी लायन बिग्रन सक्ने   समेत  अध्यक्ष मल्लको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button