तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त मुख्यमन्त्री भट्टद्वारा पद तथा गोपनीयताको सपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । 

आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । नेकपाका संसदीय दलका नेता भट्ट आजै मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । भट्ट पाँचौँ मुख्यमन्त्री हुनुहुन्छ ।

समारोहमा सभामुख भिम बहादुर भण्डारी, पूर्व मुख्यमन्त्रीहरू कमल बहादुर शाह, त्रिलोचन भट्ट, राजेन्द्र सिंह रावल, उपसभामुख, प्रदेश सभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button