तपाईँ सुन्दै हुनुहुन्छः

भेरीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन 

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ बांगिरह स्थित छिन्चु जाजरकोटमा दुर्घटना भई बेपत्ता गाडी तथा यात्रुको खोजीकार्य जारी छ । 

बेपत्ता यात्रु र गाडीको खोजीका लागि सुर्खेतबाट आएको सशस्त्र प्रहरीको गोताखोर र प्रहरीको संयुक्त टोलीले परिचालन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सल्यान बनगाड कुपिण्डे नगरपालिकाको बालुवासंग्रहीबाट सल्लीबजार जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप बुधबार दिउँसो भेरी नदीमा खसेको थियो । प्रहरी र स्थानीयको सहयोगमा दुर्घटना भएको समयदेखि नै खोजी कार्य भइरहेता पनि भेरी नदीको उच्च बहाब, गहिराई र रात पर्न थालेपछि स्थगित गरिएको थियो । 

आज उज्यालो भएसँगै गोताखोरको सहयोगमा बेपत्ता गाडी र मानिसको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिनु भयो । 

प्रहरीका अनुसार गाडी धनी सिद्ध कुमाख गाउँपालिका ४ का २३ वर्षीय भीम बहादुर राना र चालक कुमाख गाउँपालिका ५ का २३ वर्षीय हेमराज बिसी रहेका छन् । गाडीमा सवार अन्य दुई जना भने भेरी नदीमा पौडिएर बाच्न सफल भएका थिए । बनगाड कुपिण्डे नगरपालिका १ –१ आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी पौडी खेलेर ज्यान बचाउन सफल भएका हुन ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button