तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा पहिरो अपडेट: मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो ८ जना  अझै बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा  मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ  भने दुई जना गम्भीर घाइते भएका छन् पहिरोमा परी अझै ८ जना बेपत्ता  छन् ।

बुधवार राति अविरल वर्षाका कारण गाउँ माथि जङ्गलको खोल्साबाट आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका हुन्  

पहिरोमा पुरिएर १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर , ७१ वर्षीया मनरखी पुन मगर र ७५ वर्षीय डलरबहादुर पुन मगरको हाल सम्म  मृत्यु भएर सव फेला  परेको जिल्ला प्रहरी कार्यालय रोल्पा सूचना अधिकारी कृष्ण श्रेष्ठले जानकारी गराउनुभयो ।

त्यस्तै, २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन् उनीहरूको प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा  पठाइएको छ । 

घटनापछि आज बिहान  प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्री सहित उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ  जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पंचकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्री प्रहरी टोली, 

नेपाली सेनाको श्री सूर्यदल गण रोल्पाबाट प्रमुख सेनानी दिपेश खड्काको कमाण्डमा टोली, सशस्त्र प्रहरी बल आश्रीत गुल्म  रोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली तथा इलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको कमाण्डमा टोली घटनास्थलमा खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरामा परि सम्पर्क विहीन हुने हरूमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर बेपत्ता छन् ।

पहिरोमा थप मानिसहरू समेत पुरिएको हुनसक्ने आशङ्का रहेकाले सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा खोज तथा उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button