तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी 

रुपन्देही । बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

साउन २५(२६ गते मदन भण्डारी स्पोर्टस एकेडेमीको बुटवलमा बसेको ११ औ पूर्ण बैठकले मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता(२०८३ गर्ने निर्णय भएको क्लबले जनाएको छ ।

प्रतियोगिता आगामी असोज १२ देखि १७ गतेसम्म गर्ने जनाइएको छ । बुटवल मण्डपमा हुने प्रतियोगितामा नेपालका ३ सहित भारत, चीन, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेशबाट टिम सहभागिता गराउने निर्णय गर्दै तयारी अगाडि बढाएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनुभयो । यसअघि क्लबले ईण्डो नेपाल भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो । यसपटक थप परिमार्जित गर्दै प्रतियोगिताको दोस्रो संस्करणलाई अन्तर्राष्ट्रिय स्तरको गर्न लागेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद ७ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको द्वितीय टिमलाई ३ लाख ५० हजार, तृतीय टिमलाई १ लाख ७५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी सान्त्वना खेलाडीलाई ७५ हजार रुपैयाँ, विधागत रुपमा प्लेयर अफ दी म्याच १ लाख, सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँ, उत्कृष्ट स्पाईकर, सेटर, सर्वर, कोच, ब्लकर, डिफेन्सलाई क्रमशः ८ हजार रुपैयाँ, कप, मेडलबाट पुरस्कृत गरिने छ । करिब १२८ जना खेलाडी, १५० अफिसियल सहभागी हुने प्रतियोगितामा १ करोड १८ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button