तपाईँ सुन्दै हुनुहुन्छः

ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया यथावत् छ : मन्त्री मेहता 

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकता अनुसार ट्रमा युनिट स्थापना गर्ने काम अगाडी बढाएको बताउनुभएको छ ।

प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले सडक दुर्घटनामा घाइते भएका नागरिकहरूको उपचारका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न देशका सबै भागमा समयमै उपचारको व्यवस्था गराउने सरकारको नीति अनुसार सरकार अगाडी बढेको बताउनुभयो ।

उहाँले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया यथावत् रहेको र क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडी बढाई सकेको जानकारी गराउनुभयो । 

मन्त्री मेहताले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर युनिट गर्ने योजना अगाडी बढाएको बताउनुभयो ।

लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प नभई मन्त्री मेहताले स्पष्ट नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने व्यवस्था गर्न लागिएको स्पष्ट पार्नुभयो ।

मन्त्री मेहताले ढल्केबरमा निर्माण भइरहेको संरचनालाई अगाडि बढाउन तथा उपलब्ध पूर्वाधारबाट तत्काल नागरिकलाई सेवा दिने वातावरण बनाउन जनप्रतिनिधि र सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button