भूमिहीनहरूको समस्या समाधानका लागि अलग्गै विधेयकको तयारी : मन्त्री लम्साल
रुपन्देही । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले अव्यवस्थित, भूमिहीनहरूको समस्या समाधान गर्नका लागि अलग्गै विधेयक ल्याएर दीर्घकालीन समाधानको खाका तयार भइरहेको बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र रहेको रुपन्देहीको रोहिणी गाउँपालिकामा आज २७३ जना स्थानीयलाई लालपूर्जा वितरण गर्दै मन्त्री लम्सालले स्थानीयको समस्या बुझेर नै सरकारले यसको दीर्घकालीन समाधानको रणनीति बनाएको बताउनुभयो ।
मन्त्री लम्सालले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बाँकी भूमिहीनका समस्या समाधान गर्नका लागि छिटोभन्दा छिटो काम गर्न निर्देशन दिनुभयो ।
उहाँले स्थानीय जनताको गुनासो सुन्न असोज महिनाभर रोहिणीमै बसेर मन्त्रालयको काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्