तपाईँ सुन्दै हुनुहुन्छः

मध्य पुर्वमा द्वन्द्व फैलिएपछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

भारत। मध्य पुर्वमा द्वन्द्व सुरु भएदेखि यस क्षेत्रमा जारी संकटका कारण दश जना नाविकसहित १६ जना भारतीय नागरिकको ज्यान गएको भारतीय सरकारले संसदलाई जानकारी दिएको छ ।

मध्य पुर्वमा जारी संकटको बिचमा नागरिकको सुरक्षा र स्थिति, हताहत, क्षतिपूर्ति र कूटनीतिक कार्यको बारेमा राज्य सभामा सोधिएका प्रश्नको जवाफ दिँदै, विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले ओमानमा  आठ जना, युएईमा चार, कुवेतमा दुई साउदी अरब र इराकमा एक–एक जनाको मृत्यु भएको बताउनु भएको छ । यसको साथै उहाँले ७५ जना भारतीय घाइते भएको बताउनुभएको छ ।

जसमा संयुक्त अरब इमिरेट्समा ३२, ओमानमा २४, कुवेतमा १३, कतारमा ४, साउदी अरबमा १ र इजरायलमा १ जना रहेको जनाएको छ । कतारको रास लाफान ग्यास सुविधामा भएको एक दुर्घटनामा १२ जना भारतीय नागरिकको ज्यान गएको र तेहरानमा रहेको भारतीय दूतावासले इरानबाट आर्मेनिया र अजरबैजानका लागि दुई हजार ५५७ जना भारतीय नागरिकको सीमापार आवागमनलाई सहज बनाएको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।

उद्धार कार्य र सहयोगलाई सम्बोधन गर्दै सरकारले प्रभावित परिवारलाई निरन्तर सहयोग गरेको बताएको छ । घाइते भारतीय नागरिकले स्थानीय अस्पतालमा चिकित्सा उपचार प्राप्त गरेको पनि जनाइएको छ । भारतीय दूतावास र वाणिज्य दूतावासले स्वास्थ्य अवस्थाको नियमित अपडेटका लागि स्थानीय अधिकारी र अस्पतालसँग समन्वय गरेर परिवारका सदस्यसँग सम्पर्क गर्ने, उपलब्ध यात्रा विकल्पमा मार्ग दर्शन र उनीहरू सुरक्षित भारत फर्कने आदि जस्ता सबै आवश्यक सहयोग प्रदान गरेको उहाँले बताउनुभएको छ ।

आर्थिक क्षतिपूर्तिको विवरणमा उहाँले  नाविक संलग्न युद्ध क्षेत्रका घटनाका लागि डीजीएमए कल्याण योजना (नाविक कल्याण कोष सोसाइटी–एसडब्लुएफएस) अन्तर्गत १० लाखको क्षतिपूर्ति प्रदान गरिएको उल्लेख गर्नुभएको छ । सरकारले उचित प्रमाणिकरण पछि सहयोग रकम मृतकका आफन्तलाई जति सक्दो छिटो वितरण गरिने जनाएको छ ।

अतिरिक्त क्षतिपूर्ति प्रावधान सामूहिक मोलतोल सम्झौता अन्तर्गत लागू हुने जनाइएको छ । जसमा भारतीय समुद्री संघ मार्फत अधिकारीका लागि १२ लाख र भारतीय समुद्री नाविकको राष्ट्रिय संघ मार्फत चालक दलका लागि १० लाख समावेश छ । “पोतको संरक्षण र क्षतिपूर्ति (पी एन्ड आई)बीमा कभर अन्तर्गत भुक्तान योग्य क्षतिपूर्तिको सन्दर्भमा, भर्ती र प्लेसमेन्ट सेवा इजाजत पत्र मुख्यतया पी एन्ड आई क्लब÷बीमा कर्तासँग दावी गर्न सकिने जनाइएको छ । नाविकको मृत्युसँग सम्बन्धित क्षतिपूर्तिको समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ । 

यसैबिच, कतार ग्यास सुविधा घटनाबाट प्रभावित परिवारले प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषअन्तर्गत प्रत्येकलाई दुई लाख रुपियाँ प्राप्त गरेको बताइएको छ । कूटनीतिक कार्य र संकट व्यवस्थापन संयन्त्रको रूपरेखा प्रस्तुत गर्दै मन्त्रालयले स्थानीय अधिकारी र नागरिक उड्डयन मन्त्रालयसँगको घनिष्ठ समन्वयको माध्यमबाट कूटनीतिक मिसनले व्यावसायिक उडान, अपरेसन र ट्रान्जिट भिसामार्फत नजिकका राष्ट्रमार्फत यात्रा गर्न सजिलो बनाएको जनाएको छ ।

जहाँ हवाई क्षेत्र प्रतिबन्धित थिए । क्षेत्रीय सुरक्षा सङ्कट व्यवस्थापन गर्न, सरकारले नियमित सल्लाहकार, चौबीसै घण्टा नियन्त्रण कक्ष र आपतकालीन हेल्पलाइनसहितको संरचित, बहुस्तरीय संयन्त्र तैनाथ गरेको जनाएको छ । विदेश मन्त्रालयको र्यापिड रेस्पोन्स सेलले सशस्त्र सेना र मन्त्रालयसँगै कार्यान्वयनको समन्वय गर्दै मन्त्रालयले भविष्यका निकासी अपरेसनका लागि तयार गरिएको नयाँ डिजिटल आपतकालीन प्रतिक्रिया समाधानका लागि परीक्षणलाई पनि अन्तिम रूप दिएको उहाँले बताउनुभएको छ । रासस/एएनआई   

प्रतिक्रिया राख्नुहोस्

Back to top button