तपाईँ सुन्दै हुनुहुन्छः

चीनमा समुन्द्रमा डुबेको जहाजबाट ४८ जना भियतनामीको उद्धार

हनोई (चीन)। दक्षिण चीनको समुन्द्रमा डुबेको भियतनामी जहाज खोइ गुयेन –१८ बाट ४८ जना भियतनामीहरुको उद्धार गरिएको जनाइएको छ ।

हाल उनीहरू आ–आफ्नो घरमा फर्किरहेकोसमेत स्थानीय दैनिक भ्वाइस अफ भियतनामले भियतनामी विदेश मन्त्रालयलाई उद्धृत गर्दै मङ्गलवार रिपोर्ट गरेको छ ।

मन्त्रालयको नागरिक सुरक्षा अपडेटका अनुसार सोमबार सम्म खोज र उद्धार कार्यमा कुल ४८ जनालाई उद्धार गरिएको थियो ।

भियतनामी अधिकारीहरूले उद्धार गरिएको जीवित व्यक्तिहरूलाई चिनियाँ पक्षले उद्धार गरी चिकित्सा सेवा प्रदान गरेको मन्त्रालयले जनाएको छ ।

भियतनामी अधिकारीहरूले बेपत्ता भएका व्यक्तिहरूको खोजी जारी राखेको  रिपोर्ट गरिएको छ । 

६२ जना यात्रु बोकेको भियतनामी झण्डा बाहक जहाज खोई गुयेन –१८ दक्षिण चीन सागरको नान्सा टापुहरूको योङ्सु रिफ नजिकैको पानीमा प्रतिकूल मौसमका कारण डुबेको जनाइएको छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button