तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीसँग मुलुकका विभिन्न भागमा विकसित विषम सुरक्षा अवस्थाबारे चासो

शान्ति कायम गर्न सबै पक्षलाई साथमा लिन सुझाव

काठमाडौँ। काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा विकसित विषम सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको छ।

बिहीबार शीतल निवासमा प्रधानमन्त्री शाहलाई बोलाएर राष्ट्रपति पौडेलले पछिल्ला हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै शान्ति–सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

भेटमा प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारले गरिरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो।

सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दलसहित सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक वर्तमान परिस्थितिलाई साम्य पार्न र सामाजिक सद्भाव कायम गर्न सुझाव दिनुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button