प्रतिनिधि सभाबाट गोपालमान श्रेष्ठप्रति शोक प्रस्ताव पारित
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
पूर्वउपप्रधानमन्त्री एवं शिक्षा, भौतिक योजना तथा निर्माण वन तथा वातावरण र बाणीज्यमन्त्री समेत रहनुभएको श्रेष्ठको ७९ वर्षको उमेरमा यही साउन १२ गते उपचारका क्रममा ललितपुरमा निधन भएको थियो ।
नेता श्रेष्ठ नेपाली कांग्रेसको तर्फबाट २०४८ र २०५६ सालमा स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ र २ बाट गरेर दुईपटक प्रतिनिधिसभा सदस्यमा तथा २०६४ र २०७० संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्