तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै धर्म, संस्कृति र समुदायप्रति राज्यको समान दायित्व’

कास्की । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले कास्कीको रुपा गाउँपालिका–६ भिरचोकस्थित मियाँ गाउँमा निर्माणाधीन नमुना मस्जिदका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभएको छ । आवश्यक परे निर्माण सम्पन्न गर्न थप बजेट उपलब्ध गराउन पनि आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

उहाँले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय देश भएकाले सबै धर्म, संस्कृति र समुदायप्रति राज्यको समान दायित्व भएको बताउनुभयो । “म सबै धर्मप्रति उत्तिकै सम्मान र अनुराग राख्छु । विभिन्न धर्मग्रन्थ अध्ययन गर्ने अवसर पनि मैले पाएको छु,“ मन्त्री पौडेलले भन्नुभयो, “नेपाल अनेकौँ फूलले सजिएको साझा फूलबारी हो । यही विविधताले हाम्रो राष्ट्रिय पहिचानलाई बलियो बनाएको छ ।”

उहाँले पछिल्लो समय धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने प्रयासहरू भइरहे पनि नेपाली समाजको मौलिक पहिचान आपसी विश्वास, सहअस्तित्व र सहकार्य रहेको उल्लेख गर्नुभयो । बाह्य प्रभाव र सङ्कीर्ण राजनीतिक स्वार्थका कारण समाजमा विभाजन ल्याउने प्रयास भइरहे पनि सबै नेपाली मिलेर त्यस्ता गतिविधिलाई असफल बनाउनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button