प्रतिनिधिसभा: अर्थसम्बन्धी कानुन संशोधन विधेयक सम्बन्धित समितिमा पठाइयो
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि गर्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको हो ।
प्रतिनिधि सभाको अर्को बैठक साउन १९ गते मङ्गलवार दिउसो १ बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्