काभा पुरुष भलिबल : कजाखस्तानसँग नेपाल पराजित
काठमाडौँ । नेपाल काभा पुरुष भलिबल च्याम्पियनसिपमा पाँचौँ स्थानका लागि भएको खेलमा पनि पराजित भएको छ ।
पाकिस्तानको राजधानी इस्लामावादस्थित गारिसन जिन्नाहा स्पोट्र्स कम्प्लेक्समा मङ्गलवार सम्पन्न खेलमा कजाखस्तानसँग नेपाल ३–०को सोझो सेटमा पराजित भएको हो । योसँगै नेपाल प्रतियोगितामा जितविहीन रह्यो । नेपाल पहिलो खेलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो नेपाल दोस्रो खेलमा श्रीलङ्कासँग ३–२ को सेटमा पराजित भएको थियो। तेस्रो खेलमा भने आयोजकले ३–० को सोझो सेटमा नेपाललाई पराजित गरेको थियो ।
बंगलादेशविरुद्ध ३–२ को सेटमा पराजित भएको नेपाल लिग चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्