तपाईँ सुन्दै हुनुहुन्छः

आज सुनचाँदीको मूल्यमा ओरालो

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु चार हजार तीन सय घटेको छ भने चाँदी पनि रु एक सय ३५ ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार दुई सय  र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार तीन सय १० कायम भएको छ ।

  हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार पाँच सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार चार सय ४५ प्रतितोला कायम भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button