तपाईँ सुन्दै हुनुहुन्छः

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ: मन्त्री गौतम

चितवन। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको चाहनाअनुरूप विकासका लागि आवश्यक कानुन संशोधन गर्नुपर्ने  बताउनुभएको छ ।

स्थानीय पत्रकारसँग आज कुराकानी गर्नुहुँदै उहाँले जनताको अपेक्षाअनुसार कानुन बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाइ हुने बताउनुभयो । मन्त्री गौतमले भन्नुभयो, “नेतृत्वको चाहनाले होइन, जनताको सोचाइअनुसार कानुन बनाउन सकिएन भने परिणाम दिन कठिन हुन्छ ।” 

उहाँले आर्थिक वर्ष २०८३/८४ लाई कानुन सुधार वर्षका रुपमा घोषणा गरेकाले १६६ वटा कानुन बनाउनुपर्ने छ भन्नुभयो । मन्त्री गौतमले काममा बाधा पुग्ने कानुनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवामा ३० वर्षे सेवा र ५५ वर्ष उमेर हदको कुरा प्रक्रियामा रहेको बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button