तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौँ। चारदिने भारत भ्रमण सम्पन्न गरेर  प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा आज स्वदेश फर्कनुभएको छ । उहाँ भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार  भ्रमणका क्रममा प्रधान न्यायाधीश डा. शर्माले समकक्षी कान्तसँग दुईपक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो । प्रधान न्यायाधीश डा शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन एवं न्यायसम्पादका बारेमा जानकारी समेत लिनुभएको थियो । 

 उक्त भ्रमण दलमा प्रधान न्यायाधीश डा. शर्माकी धर्मपत्नी उमा शर्मा र सहरजिष्ट्रार अमित उप्रेती सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button