तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीबीच छलफल हुँदै  

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग आज भेटवार्ता तथा छलफल गर्दै हुनुहुन्छ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको जनाएको छ।।  

विशेष गरी तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगीहरूले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, नयाँ रोजगारी सिर्जना र यस क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ। प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै आउनुभएको छ। 

संवादका क्रममा उहाँले व्यवसायीका समस्या, समाधानका सम्भावित उपाय र आवश्यक नीतिगत सुधारका विषयमा सुझाव लिँदै कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिँदै आउनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button