तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी २७ वर्षीय सुरेन्द्र पटेल पक्राउ परेका छन् । 

उक्त मुद्दामा तीन दिन कैद र रु चार लाख जरिवाना ठहर भई फरार रहेका वीरगञ्ज महानगरपालिका–१४ निवासी पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले आज स्थानीय श्रीपुरबाट पक्राउ गरेको हो ।

निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सा पेस गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button