तपाईँ सुन्दै हुनुहुन्छः

गहवामाई रथयात्राको अवसरमा वीरगञ्जका विद्यालयमा बिहीबार(भोली)बिदा

वीरगञ्ज। गहवामाईको भव्य रथयात्राका अवसरमा वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिहीबार एक दिनका लागि पठनपाठन स्थगित गरेको छ ।

महानगरपालिकाको शिक्षा महाशाखाले आज एक सूचना जारी गर्दै रथयात्रा कार्यक्रमलाई मध्यनजर गर्दै महानगर क्षेत्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन नहुने जनाएको छ । 

महानगरपालिकाले रथयात्राका कारण विद्यार्थी, शिक्षक तथा अभिभावकको सहज आवागमन सुनिश्चित गर्न तथा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै पठनपाठन स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।

जसको कारण वीरगञ्ज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू भोली एकदिन बन्द हुने भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button