विपद्जन्य क्षति न्यूनीकरणका लागि प्रभावकारी पूर्वतयारी गर्न सभामुख अर्यालद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ। सभामुख डोल प्रसाद अर्यालले विपद्जन्य घटनाका कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्युनिकरणका लागि प्रभावकारी विपद् पूर्व तयारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले अविरल वर्षासँगै बाढी, पहिरो तथा डुबानका घटनाहरू घटनाहरू बढेको विषयमा ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सभामुख अर्यालले विपद्जन्य घटनामा परेकाहरूको राहत तथा उद्धारको व्यवस्था गर्न तथा सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्