तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को जीवन्तता सांसदहरु जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्छ : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसद्को जीवन्तता सांसदहरु जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै सभामुख अर्यालले जनता र संसद्बीच विश्वास, संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु सांसदहरु भएको उल्लेख गर्नुहुँदै जनताका आवाज, अपेक्षालाई संसद्को निर्णय प्रक्रियासम्म पुर्‍याउने र जनतामाझ स्थापित गर्ने दायित्व नै जनप्रतिनिधिको सार भएको बताउनुभयो ।

सभामुख अर्यालले सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई आत्मसात गर्दै कानुन निर्माण एवं सार्वजनिक सेवा प्रवाहसम्बन्धी विषयलाई थप सुमधुर तुल्याउँदै तीन तहका जटिलता र अपेक्षाहरूलाई संघीय तहसम्म जोड्ने नेतृत्वदायी भूमिका प्रतिनिधिसभा सदस्यहरुले लिनुपर्ने बताउनुभयो ।

सभामुख  अर्यालले चालू आर्थिक वर्षमा जारी भएका राज्यका नीति तथा सम्पादन भएका कार्यक्रम, तर्जुमा गरिएका कानुन र सेवाप्रति जनस्तरको प्रतिक्रिया चासो सुन्ने र बुझ्ने दायित्वमा प्रतिनिधिसभा रहनेमा आफू सचेत रहेको बताउनुभयो । 

नयाँ गठन भएको प्रतिनिधिसभाको अधिवेशनमा सांसदहरूको भूमिका सक्रिय रहेको आगामी बैठकहरूमा अझ बढी सक्रियताको अपेक्षा समेत सभामुख अर्यालले गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button