तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख जोशीद्वारा दुई विधेयक प्रमाणीकरण

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले प्रदेशसभाबाट पारित भएका दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको बीसौं बैठकबाट पारित ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँगै कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ लाई प्रदेश प्रमुख जोशीले आज प्रमाणीकरण गर्नु भएको हो ।

दुवै विधेयक कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले असार ३० गते प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । दुवै विधेयक नेपालको संविधानको धारा २०१ बमोजिम प्रमाणित गरी नेपालको संविधानको धारा १९९ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख जोशीले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सचिव भीमराज थानीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button