तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री गुरुङ र मिटरब्याज पीडितहरूबीच बाराको निजगढमा छलफल जारी 

वीरगञ्ज । गृहमन्त्री सुधन गुरुङ र मिटरब्याज पीडितहरू बिच अहिले बाराको निजगढमा छलफल भइरहेको छ ।

न्यायको माग गर्दै जनकपुरधामबाट काठमाडौँतर्फ पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितहरूसँग छलफल गर्न आज गृहमन्त्री गुरुङ बुद्ध एयरको विमानमार्फत सिमरा विमानस्थल हुँदै  निजगढ पुग्नुभएको थियो ।

निजगढ पुगे लगत्तै उहाँले ‘पैदल न्याय मार्च’मा सहभागी पीडितहरूसँग छलफल सुरु गर्नुभएको छ ।

मिटरब्याज पीडितहरू सरकारले आफ्ना माग सम्बोधन गर्नुपर्ने भन्दै जनकपुरधामबाट काठमाडौँ केन्द्रित पैदल न्याय मार्चमा सहभागी छन् । उनीहरूको टोली सोमबार साँझ निजगढ पुगेको थियो ।

आज बिहान पुनः पैदल यात्रा सुरु गर्ने तयारीमा रहेका आन्दोलनकारीहरूलाई गृहमन्त्री भेट्न आउने जानकारी स्थानीय सुरक्षा निकायले दिएपछि उनीहरूले यात्रा स्थगित गरी निजगढमै बसेर मन्त्रीसँग छलफलमा जुटेका छन् ।

गृहमन्त्री र पीडितबीचको छलफलमा मिटरब्याजसम्बन्धी समस्या, पीडितका माग तथा सरकारका आगामी कदमबारे कुराकानी भइरहेको जनाइएको छ । छलफलको विस्तृत निष्कर्ष भने सार्वजनिक हुन बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button