पहिरोमा परी चार महिने बालिकाको मृत्यु
दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–१ क्याम्पोलमा पहिरोमा परी बालिकाको मृत्यु भएको छ । मृतक बालिकाको आमा सख्त घाइते भएको प्रहरीले जनाएको छ ।
आइतबार राति वडा नम्बर– १ क्याम्पोलमा पहिरोमा परी स्थानीय चार महिनाको बालिका एलिना थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले बताए । मृतक एलिनाकी आमा १९ वर्षीया शर्मिला थामी सख्त घाइते भएको प्रहरी निरीक्षक खड्काले बताए ।
घाइते शर्मिलाको दोलखा स्थित धुलिखेल अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्