आँधीका कारण ताइवानमा हजारौँ विस्थापित
ताइवान। जापानबाट चीनतर्फ धकेलिएको आँधी बावीका कारण ताइवानमा १४ हजार भन्दा बढी मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् भने धेरै पसल तथा व्यावसायहरु बन्द रहेको जनाइएको छ ।
बावीले आँधी ओकिनावामा हजारौँलाई प्रभावित बनाएको छ भने आइतबार बिहान चीनमा अवतरण गर्ने अपेक्षा गरिएको छ ।
बावीका कारण आएको तीव्र हावा र भारी वर्षाले सबैभन्दा बढी प्रभावित क्षेत्र ताइवानको बन्दरगाह सहर कीलुङमा सडकहरू सुनसान भएको जनाइएको छ ।
गत सोमबार गुआम र उत्तरी मारियानासमा प्रहार गरे पछि, बावीले प्रशान्त महासागर क्षेत्रमा अवतरण गरेको जनाइएको छ ।
ताइवानको केन्द्रीय मौसम विभागले (सीडब्लुए)बावीको अधिकतम निरन्तर हावाको गति १४४ किलोमिटर प्रति घन्टामा झरेको जनाइएको छ भने शनिबार करिब १८० किलोमिटर प्रति घण्टाको हावाको साथ, ले आँधीबेहरीको “तीव्रतामा कमजोर“ भएको बताएको छ ।
सिडब्लुएले उत्तरी ताइवानमा भारी वर्षा र बावी टापुको उत्तरमा पुग्दा तटमा १० मिटर अग्लो “खतरनाक छालहरू“ को चेतावनी दिएको छ ।
आँधीका कारण २७ हजार भन्दा बढी घरहरू बिजुली विहीन भएको जनाएको छ ।
आँधीको प्रभाव शनिवार दिउँसोको समयमा बढी प्रभावकारी हुने सिडब्लुएका पूर्वानुमान –कर्ता जेसन चेङलााई उदृत गर्दै एएफपीले जनाएको छ ।
बावी शुक्रबार ताइवानमा ३० वर्ष भन्दा बढी समय पछि आएको सबै भन्दा ठुलो टाइफुन हुने र त्यसबेला देखि यसको तीव्र हावाको दर ३५० किलोमिटरमा सङ्कुचित हुने अनुसार गरिएको चेङले बताउनुभएको छ ।
केही ताइवानीहरूले सरकारको टाइफुन चेतावनीमा निराशा व्यक्त गरेका छन् भने जसले गर्दा अधिकांश व्यवसायहरू बन्द गर्न र मानिसहरूलाई घर भित्रै बस्न बाध्य बनाएको थियो ।
सरकारी प्रतिवेदनले आँधीलाई यसलाई पूर्णतया डरलाग्दो बनाइ सबैलाई आतङ्कित पारेको किलुङका अर्का एक जना व्यावसायी लीले आँधीका कारण व्यापार गुमाएकोमा निराश भएको बताउनुभएको छ ।
टाइफुनले जापानको दुर्गम दक्षिणपश्चिमी टापुहरूमा प्रहार गर्दा मियाको क्षेत्र सबै भन्दा बढी प्रभावित भए पछि ओकिनावाका १८ हजार भन्दा बढी घरपरिवार र सुविधाहरूले बिजुली गुमाएको जनाएको छ ।
आधीका कारण जापानी एयरलाइन्सहरूले दर्जनौँ उडानहरू रद्द गरेको जनाइएको छ भने यसका कारण २६ हजार भन्दा बढी यात्रुहरू प्रभावित भएका छन् ।
बावीले सबैभन्दा खराब अवस्था लिइरहेको जनाउदै सामाजिक सञ्जाल एक्समा पोस्ट गर्नु भएको ।
फिलिपिन्समा शुक्रबार दक्षिणी टापु मिन्डानाओमा भएको भारी वर्षाले गर्दा आएको दुई वटा पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
सरकारी टेलिभिजन सिसिटिभीका अनुसार पूर्वी झेजियांग प्रान्त र उत्तरपूर्वी फुजियान प्रान्तमा भारी वर्षा हुने पूर्वानुमान गरिएको जनाइएको छ ।
झेजियांगको सियागुआन सहरमा, दश हजार भन्दा बढी मानिसहरूलाई “तीव्र हावा“ को जोखिमका कारण आफ्नो घर बाट सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको सिसिटिभीले जनाएको छ ।
लामो समय सम्म चलेको चरम मौसमले यस हप्ता दक्षिणी तथा मध्य चीनमा विनाश गरेको जनाइएको छ भने आँधीबेहरीले कम्तिमा ३९ जनाको ज्यान लिनुका साथै दर्जनौं नदीहरूमा बाडी आएको छ र जलाशयका बाँध फुटेको उल्लेख गरिएको छ ।रासस/एएफपी








प्रतिक्रिया राख्नुहोस्