तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीको गोलीपछि भारतीय नागरिकसहित तीन लागूऔषध कारोबारी पक्राउ

रूपन्देही। रूपन्देहीको मायादेवी गाउँपालिकामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। घटनामा एक भारतीय नागरिक सामान्य घाइते भएका छन्।

लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको संयुक्त टोलीले पूर्वसूचनाका आधारमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकलमा आएका तीन जनालाई रोक्न खोजेको थियो। उनीहरूले प्रहरीको निर्देशन नमानी हतियार निकालेपछि नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

रूपन्देही प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेकामध्ये एक जना भारतीय र दुई जना नेपाली नागरिक छन्। गोली लागेर घाइते भएका भारतीय नागरिकको खुट्टामा सामान्य चोट लागेको र उपचारपछि डिस्चार्ज गरिएको उहाँले बताउनुभयो।

प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल, दुई राउण्ड गोली, ब्राउन सुगर तथा भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button