तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी रु १७० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५१० कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको चाँदी  रु चार हजार ३४० मा कारोबार भएको थियो ।

गत बुधबार एक तोला छापावाल सुन रु दुई लाख ८७ हजार १०० र चाँदी रु चार हजार ५०० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १२० र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button